सरकारी हेलिकोप्टरमा काठमाडौँ नआउने डा. केसीको अडान

काठमाडौँ, साउन ३ । जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारी हेलिकोप्टर नचढ्ने अडान लिएका छन् । डा गोविन्द केसीले राज्यले आफ्नो अनसन तुहाउने उद्देश्यले अपहरण गरेर काठमाडौं लैजान लागेको भन्दै सरकारी हेलिकोप्टरमा नजाने अडान राखेका हुन् ।

सरकारले आजै मात्र केसीलाई उपचारका लागि काठमाडौं ल्याउने भन्दै नेपाली सेनाको हेलिकोप्टर पठाएकोमा डा केसीले काठमाडौं जानैपरे आफ्नै हिसाबले जाने अडान राखेका हुन्।

‘राज्य मेरो स्वास्थ्यप्रति संवेदनशील भएको हो भने मेरो माग पूरा गरोस्, म अनसन तोड्छु’, केसीले भने ‘तर म यो मेरा लागि पवित्रस्थल हो , म माग पुरा नभएसम्म यही जुल्लामा बसेर जारी रहने छ।’

आज दिउँसो जुम्लामा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले आफू काठमाडौं जान तयार भएको बताएका हुन्। केसीलाई उद्धृत गर्दै उनका सहयोगी विशाद दाहालले भने, म सकारसँग डराएर होइन। आफ्ना विद्यार्थीमाथि गुन्डा शैलीमा धरपकड गरेकाले मात्रै जान तयार भएको हुँ।

जुम्लामा सुरक्षाकर्मी र केसीका समर्थकबीच झडप भएको छ। झडपका क्रममा केसी समर्थक र केही प्रहरी पनि घाइते भएका छन्।

प्रहरीले डा केसी अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तक्षेप गर्दै बल प्रयोग गरेपछि उनले आफू काठमाडौं जान तयार भएको बताएका छन्। प्रहरीको धरपकडबाट बिरामीका कुरुवा, डाक्टर, नर्स लगायत घाइते भएका छन्। डा केसी जुम्लामा २० दिनदेखि आमरण अनसनमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *