धरानका मेयर सुब्बालाई श्रद्धाञ्जली अर्पण गर्दै समर बास्केटबल सुरु

धरान, साउन ३ । धरान उपमहानगरपालिकाका मेयर स्व.तारा सुव्वालाई श्रद्धाञ्जली अर्पण गर्दै दोस्रो समर बास्केटबल प्रशिक्षण क्याम्प २०७५ सुरु भएको छ ।

धरान बास्केटबल संघको अयोजना, जिल्ला बास्केटवल संघ, सुनसरीको सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा समर प्रशिक्षण क्याम्प सञ्चालन भएको हो ।

प्रशिक्षण क्याम्पको भव्य रुपमा उद्घाटन गर्ने योजना भए पनि गत सोमवार धरान उपमहानगरपालिकाका मेयर तारा सुव्वाको मृत्युको दुखद खबर आएपछि श्रद्धाञ्जली अर्पण गर्दै सामान्य रुपमा सुरु गरिएको धरान बास्केटबल संघका अध्यक्ष तथा नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरज कुमार लामाले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी धरान १८ का वडाअध्यक्ष प्रविण राईले मुख्य प्रशिक्षक विकास चाम्लिङ राईलाई बल हस्तान्तरण गरेर प्रशिक्षण क्याम्प सुरु गरेका थिए ।

प्रशिक्षण क्याम्पमा धरानका १८ वटा विद्यालयका करिब १०० जना विद्यार्थीहरुले सहभागिता रहेको जिल्ला बास्केटबल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिएका छन् ।

केहि विद्यालयको गर्मी बिदा सुरु नभएकोले प्रशिक्षण क्याम्पको पहिलो दिनमा ५९ जना पुरुष र ३० जना महिला खेलाडि गरि ८९ जना विद्यार्थीहरुले सहभागिता जनाएको सुवेदिले जानकारी दिएका छन् ।

गर्मी बिदाको सदुपयोग गर्दै विद्यालय स्तरबाट नै  विद्यार्थीहरुको क्षमता वृद्धि गर्दै बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो प्रशिक्षण क्याम्पको आयोजना गरिएको धरान बास्केटबल संघका अध्यक्ष एवम् केन्द्रिय उपाध्यक्ष सुरज कुमार लामाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *