कर्मचारी सरुवाका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन उर्जामन्त्रीको निर्देशन

काठमाडौं, साउन ३ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिवहरु र मातहतका विभागका प्रमुखहरुलाई सरुवाको मापदण्ड बनाउन निर्देशन दिंदै मन्त्री पुनले त्यसपछि मात्र कर्मचारीको सरुवा गर्ने बताएका हुन् ।

निर्देशनका केहि बुँदाहरु यस्ता छन्ः

–सरुवामा मापदण्ड बनाएर काम काजमा सरुवा गर्ने ।
–मापदण्ड भएपछि पुर्व अनुमान योग्य हुन्छ । वस्तुपरक आधारहरु हुन्छ । कर्मचारीले पनि समान अवसर पाउने वातावरण हुन्छ ।
–भनसुनले काम गर्ने भन्दा पनि सिस्टमले काम गर्ने खालको हुनुपर्छ । त्यसो गर्दा अनुचित लाभ र दबावले पनि काम गर्दैन् ।
–मापदण्ड बनाएर गर्ने सरुवाले कर्मचारीलाई पनि उत्प्रेरित गराउंछ । सबै कर्मचारीको वृद्धि विकासमा समेत सहयोग पुर्याउंछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =