जुम्लामा डा. केसीका समर्थकमाथि लाठीचार्ज, कुटिएपछि डा.केसी काठमाडौँ आउन तयार

काठमाडौँ, साउन ३ । आज डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौँ ल्याउन जुम्ला पुगेका टोली र केसी समर्थकबीच झडप भएको छ ।

राज्यले अपहरण गरेर काठमाडौँ लैजान लागेको भन्दै २० दिनदेखि जुम्लामा अनशनरत डा।गोविन्द केसीले अडियो अभिव्यक्ति दिएपछि केसीलाई ल्याउन बलियो सुरक्षासहित जुम्ला पुगेको टोली र केसी समर्थकबीच झडप भएको हो ।

जुम्ला पुगेका सरकारी टोलीलाई केसी समर्थकहरुले अवरोध सिर्जना गरेपछि सुरक्षाकर्मीले केही राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको हो ।

डा.केसीलाई जर्बजस्ती काठमाडौं लैजाने निर्णयअनुसार अनसनस्थलमा प्रहरी हस्तक्षेप भएको हो। झडपमा दर्जनौं घाइते भएका छन्। स्थानीय पत्रकार एलपी देबकोटाकाे क्यामेरा तोडफोड गरी प्रहरीले कुटपिट गरेकाे छ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा। केसी आफैं काठमाडौं आउन तयार भएका छन् । केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।

काठमाडौँ ल्याउन स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा‍ गुणराज लोहनी नेतृत्वको टोली बिहिवार बिहानै जुम्ला पुगेको थियो ।

यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा। केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा। केसीसम्म पुग्नै दिएका थिएनन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार शिक्षामन्त्री गिरिराजमाणि पोखरलेलले संसदमा दर्तामा भएको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। विधेयक संसदीय प्रक्रियामा गइसकेकाले विधेयक फिर्ता नहुने उनले बताएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *