नागरिकको स्वास्थ्यको लागि लडिरहेको छु, सरकारले गुन्डागर्दी गर्न पाउँदैन– डा. केसी

जुम्ला, साउन ३ । डा. गोविन्द केसीले सरकारले अपहरण गरेर काठमाडौँ लैजान खोजेको आरोप लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को बुधबार बसेको बैठकले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउने निर्णय गरेपछि केसीले अडियोमार्फत् आफूलाई अपहरण गरेर काठमाडौँ लैजान खोजेको आरोप लगाएका हुन् ।

सरकारले आफ्नो माग पुरा नगरी अपहरण गरेर काठमाडौं लैजान लागेको अडियो सन्देश पठाउँदै उनले सरकार अनशन तुहाउनेतर्फ लागेको आरोप लगाएका हुन् ।

‘सुनेको छु मलाई सरकारले अपहरण गरेर काठमाडौँ लादैँछ, र हाम्रो यो अभियान तुहाउने प्रयास गर्दैछ भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘राज्य मेरो स्वास्थ्यमा चिन्तित छ, संवेदनशील छ भने मेरो माग पुरा गर्नतिर लाग्नुपर्छ । सरकारले मेरो माग पुरा गर्यो भने त म अनशन तोडी हाल्छु नि ।’ 

‘सरकार माग पुरा गर्नेतर्फ नलागेर उल्टै मलाई अपहरण गरेर काठमाडौं लौजान खोज्दै छ ।,’ उनले भने, ‘यो अनसन तुहाउने खेल हो, सरकारलाई मेरो स्वास्थ्यको चिन्ता भएको भए माग पुरा गनेतर्फ पो लाग्थ्यो त। माग पुरा भए म अनसन तोडिहाल्छु नि ।’

उनले जुम्लामा आफ्नो उपचार राम्रोसँग भइरहेको पनि बताए । डा केसीले माग पुरा नभएसम्म जुम्लामा नै अनसन जारी राख्ने स्पष्ट पारेका छन् ।

‘म यहाँबाट कहीँ जान्न । चन्दननाथ बाबाको काखमा मेरो सत्याग्रह जारी रहन्छ ।’, उनले भने, ‘सरकारले मेरो नागरिक अधिकार खोस्न पाउँदैन र गुन्डागर्दी गर्न पाउँदैन।’ उनले आफूले नागरिकको स्वास्थ्यका लागि लडिरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =