यस्ता छन् अाजका विभिन्न पत्रपत्रिकामा छापिएकका सम्पादकीय

काठमाडाैं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ता र सत्तारुढ निकट बुद्धिजीवीलाई सरकारको प्रतिरक्षक उत्रिन आग्रह गरेका छन् ।  सरकार जतिसुकै बलियो भए पनि विरोध नागरिकको नैसर्गिक अधिकार हो भन्ने हेक्का राख्नुपर्छ ।
त्यति मात्र होईन, नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता संविधानतः प्राप्त छ ।

नागरिकले संविधानप्रदत्त अधिकार प्रयोग गरेका छन्, भने त्यसलाई चुप लगाउने उपक्रममा सरकार लाग्नु भनेको आफ्नो समयको दुरुपयोग मात्र हो ।, आजको नागरिकदैनिकमा ‘आलोचनाबाट नआत्तिऔँ’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

डिजिटल भुक्तानीमा संकुचित गर्ने होईन, यसलाई अझ बढी खुला र उदार बनाउनैपर्छ ।

विश्वव्यापी रुपमै सुचना तथा सञ्चार प्रविधिको प्रयोग मात्र होईन, यसको उपयोगिता नै व्यापक रुपमा बढेर गएको समयमा नेपाल सरकारमा यसबारे कमजोर बुझाईको नतिजा देखिन थालेको छ ।, आजको कारोवार दैनिकमा ‘डिजिटल अर्थतन्त्रमा उल्टो कदम’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

सरकार स्थायी हुनुपर्यो भनियो । बलियो हुनुपर्यो ठानियो । दह्रो नीति ल्याउनुपर्यो सोचियो ।
जनताले राजनीतिक स्थायित्वको त्यही चाहनावश अमुल्य मत दिएर कम्युनिष्ट पार्टीहरुलाई अत्यधिक बहुमत सुम्पिए ।
वाचाअनुसार उनीहरु एउटै पार्टी बने ।

अव जनमुखि नीतिहरु ल्याउनेछन्, आस गरियो ।
सुचना प्रविधि सर्वसुलभ बनाउने भनेर चुनावमा गरेको प्रतिवद्धता गकति छिट्टै विर्सन सकेको ?

फोन ईन्टरनेट सेवा दस्तुर बढाउनु भनेको सुचनाको पहुँचबाट जनतालाई टाढा पुर्याउनु हो भन्ने किन नबुझेको ? कि बुझ बचाएको ? कि अर्थोक कुनै नियत राखेको ? आजको कान्तिपुर दैनिकमा ‘ईन्टरनेट विलासिता होईन’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

जनतालाई धेरै सपना देखाएर बनेको ओली सरकार पाँच महिना नबित्दै चौतर्फी आलोचनाको सिकार बनेको छ । चुनावअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको घोषणापत्रलाई विश्वास गरेर झन्डै दुई तिहाइले नेपाल कम्युनिस्ट पार्टीलाई जिताएर देश चलाउने अभिभारा सुम्पेका जनता पनि उल्टो गतिमा सरकार हिँड्न थालेपछि निराश बनेका छन् ।

चुनावअघि पार्टीले गरेका कुनै पनि बाचा पूरा हुने छाँट नदेखेपछि जनता निराश बन्नु स्वाभाविक नै हो ।

सरकार बनेलगत्तै के–के न गर्छु जस्तो गरी प्रधानमन्त्री ओलीसहित सरकारका मन्त्रीहरु सडकमा भाषण गर्दै हिँडेका थिए । तर, अहिलेसम्म आइपुग्दा उनीहरुको बोली र व्यवहारमा आकाश–जमिन फरक देखिएको छ । आजको नेपाल समाचारपत्रमा ‘आलोचित सरकार र प्रधानमन्त्रीको रोइलो’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *