मुग्लिन सडकखण्ड: तोपे खोलामा पहिरो खस्दा गाडी बन्द,पहिरो पन्छाउन सुरु

काठमाडौं, साउन ३ । नारायणगढ मुग्लिन सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् । तोपे खोलामा बिहान पहिरो खसेपछि अहिले कुनै पनि गाडी नचलेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो हटाउन कम्तीमा पनि पाँच घण्टा लाग्ने भन्दै सकेसम्म बैकल्पिक बाटो प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । एकतर्फी मात्रै भए पनि खुलाउने प्रयासमा पहिरो पन्छाउन सुरु गरिएको छ ।

यो सडकखण्डको विकल्पमा काठमाडौंबाट पूर्व छुट्ने गाडी बनेपा बर्दिवास हुँदै विपी राजमार्गबाट यात्रा गर्न सक्छन् । यस्तै हेटौंडाबाट त्रिभूवन राजपाथ हुँदै नौबिसे निस्किएर काठमाडौं आउन सकिन्छ भने भैंसेबाट, कुलेखानी र सिस्नेरी हुँदै पनि काठमाडौं आइपुग्न सकिन्छ ।

यसैगरी पश्चिमबाट आउँने गाडी भने बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै पोखरा निस्किएर मुग्लिन हुँदै आउँदा जाममा बस्न पर्दैन । तर महेन्द्रराजमार्ग वा तराईसँग जोड्ने विकल्प नभएकाले ठूला गाडी भने मुग्लिन–नारायणगढ हुँदै चल्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *