सन्दीप लामिछानेको गीति एल्बम ‘प्रतीक्षा’ को पहिलो गित सार्वजनिक(भिडियोसहित)

काठमाडाैँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेको गीति एल्बम ‘प्रतीक्षा’ को पहिलो गित ‘उदास थियो मेरो यो मन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच म्युुजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतबारे बोल्दै लामिछानेले भने, “मैले क्रिकेट खेल्दामात्रै मैदानमा २० गीतभन्दा बढी गाएको छु ।” उनको यो गीतको अडियो यसअघि नै सार्वजनिक भइसकेको थियो । विनोद भण्डारीको शब्द संयोजन रहेको उक्त गीतको निर्देशन निशान घिमिरेले गरेका छन् ।

लामिछानेको गीतको म्युजिक भिडियोमा मोडल जीवन भट्टराई र श्रृष्टि खड्काको अभिनय रहेको छ । संगीत र क्रिकेट रोज्नुपरे के रोज्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सन्दीपले क्रिकेट नै रोज्ने बताए । यसैबीच, सन्दीप लामिछानेलाई निम्बसले प्रोत्साहन स्वरुप ५० हजार नगदसहित सम्मान गरेको छ ।

यस्तो छ म्युजिक भिडयो :

https://youtu.be/KlX2o4wpwaw”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *