सानिमा बैंक लिमिटेडको रेमिटयान्स सेवा मलेसियाबाट पनि

काठमाडौँ, साउन २ । सानिमा बैंक लिमिटेड र सिबिएल मनि ट्रान्सफर बिच भएको मलेशिया—नेपाल रेमिटयान्स सेवा सम्झौता सञ्चालनमा आएको छ ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम नेपाल भरि ८,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । मलेशियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सिबिएल मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरेका हुन् ।

आन्तरिक रेमिटेन्स सेवा साथै सानिमा एक्सप्रेसले यूएई, मलेशिया, कतार, यूके, कोरिया, लगायत विश्वभरिबाट रेमिटेन्स सेवा दिदै आइरहेको छ ।

हाल, सानिमा बैँकको सात वटै प्रदेशमा ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेको प्रमुख वित्तिय अधिकृत सरोज गुरागाईँले बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *