भीड नियन्त्रण गर्न अब प्रहरीले अत्याधुनिक ‘वाटर क्यानन’ ल्याउँदै

काठमाडौं,साउन २। नेपाल प्रहरीले भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’ राख्ने भएको छ ।

भिड नियन्त्रण गर्नका लागि लाठी चार्ज वा हानीकारक अश्रु ग्याँस प्रयोग गरिँदै आएकोमा अब भने प्रहरी प्रधान कार्यालयले ‘वाटर क्यानन’ खरिद गर्ने भएको छ ।

एउटा वाटर क्याननको साढे ४ करोड भन्दा बढी मुल्य पर्छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा बजेट निकासा गरी खरिद प्रक्रिया सुरु गरिएको छ।

यसअघि प्रहरी प्रधान कार्यालयमा एउटा मात्र ‘वाटर क्यानन’ रहेको थियो । यसलाई उपत्यकामा मात्र प्रयोग गर्ने गरिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =