जीब्रोमुनि लुकाएर सुन तस्करी, समातिए तीन भारतीय नागरिक

काठमाडौँ, साउन २ । जति नै ठुला एक्सन अपनाएपनि सुन तस्करी बढ्दो छ । कोही मलमुत्रमा लुकाएर सुन तस्करी गर्छन् त कोही जीब्रोमुनि राखेर त कोही कारको फील्टरमा राखेर ।

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जिब्रोमुनि राखेर ल्याएको आधा किलो सुनसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट २–२ वटा कोटको बटम आकारको सुन फेला पारिएको हो ।  उनीहरुले जीब्रोमुनि लुकाएर सुन कटाउन खोजेका थिए । बरामदपछि तोलिँदा ५ सय ५९ ग्राम सुन रहेको खुलेको हो ।

पक्राउ पर्नेमा राहदानी नं. एम ४१६४८३४ बोकेका फैजन खान, के ९९७२१२३ नं. का एदिल र एस २३१०८९० नम्बरको राहदानी बोकेका सैद मोहमद खसिफ रहेका छन् ।

विमानस्थलका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट २–२ वटा कोटको बटम आकारको सुन फेला पारिएको थियो ।

उनीहरूले एयर अरबियाको फ्लाइट नम्बर जी ९५३९ बाट यूएईको सारजाहबाट त्यो सुन ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ३ जनालाई आवश्यक कारबाहीका लागि विमानस्थलको भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *