हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि राप्रपाको संघर्ष, थाल्यो जनजागरण अभियान

काठमाडौं, साउन २ । राप्रपाले नेपाललाई हिन्दू राष्ट्र पुनःस्थापित गर्ने उद्देश्यले हिन्दुराष्ट्र पुनस्र्थापना राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । हिन्दू धर्मको संरक्षण र जागरणका लागि राप्रपाले यो अभियान शुरु गरेको हो ।

काठमाडौँको बानेश्वर ब्याङ्क्वेटमा अभियानको शुरुवाती स्वरुप आयोजना गरेको कार्यक्रममा ओमकार परिवारको रक्षाका लागि यो अभियान आवश्यक रहेको राप्रपाका अध्यक्ष कमल थापाले बताए ।

नेपालीको पहिचानका लागि पनि सनातन धर्मको रक्षा गर्नुपर्ने उनको जोड थियो। उनले नेपाल भन्ने राज्य सिर्जना भएदेखि नै हिन्दु मुल्यमान्यतामा चल्दै आएको  दावी गरे ।

‘८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बुद्धिस्टलगायत गरी ९४ प्रतिशत ‌ओमकार परिवार गरी सनातन धर्मको रक्षाको अभियान हो, यो कुनै धर्म र देशको विरुद्ध होइन,’ थापाले भने ।

राप्रपाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि विगत देखि नै संघर्ष गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *