एनसेलको खाता फुकुवा गर्न दबाब

काठमाडौं, साउन  ९ । एनसेलको रिजर्भमा भएको पैसा विदेश लैजान रोक्का गरेपछि ठूला नेताले किन रोक्का गरेको भनेर प्रश्न गरे । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले समेत अर्थ सचिवलाई बोलाएर झपारे । स्रोतका अनुसार मुख्य सचिवले अर्थ सचिवलाई ‘कर अधिकृतको काम कर संकलन गर्ने हो कि खाता रोक्का गर्ने’ भनेर झपारेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

एनसेलले रिजर्भमा रहेको रकम लैजान (रिप्याट्रिएसन) का लागि राष्ट्र बैंकमा निवेदन दिएपछि ठूला करदाता कार्यालयले असार दोस्रो साता रोक्का गर्न निवेदन दिएको थियो । कार्यालयको निवेदनका आधारमा राष्ट्र बैंकले खाता आशिंक रोक्का गरेको छ । रोक्कापछि एनसेलले खातामा पैसा जम्मा गर्न र आन्तरिक प्रयोजनका लागि निकाल्न पाउँछ, विदेश लैजान पाउँदैन ।

रिजर्भमा एनसेलको गत आर्थिक वर्षमै ८३ अर्ब रुपैयाँ थियो, अहिले करिब १६ अर्ब रुपैयाँ थपिएको अनुमान छ । खाता आंशिक रोक्का भएपछि २० प्रतिशत सेयरवाला स्थानीय साझेदारले लाभांश प्रयोग गर्न पाएका छैनन् । स्थानीय साझेदार (सतिशलाल आचार्य) ले नै शक्तिकेन्द्रमा पुगेर रोक्का फुकुवा गराउन प्रयास गरिरहेका छन् । मुख्य सचिवमात्र हैन प्रधानमन्त्री सत्तारुढ कांग्रेस/माओवादी केन्द्रका प्रभावशाली नेताले फुकुवा गराउन चासो देखाइरहेका छन् । स्रोतका अनुसार पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि अर्थ सचिवलाई बोलाएर रोक्कानै किन गर्नु पर्‍यो भनेर चासो राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *