राष्ट्रिय क्रिकेट टोलीका भेट्रोन बलर गौचनद्वारा सन्यासको घोषणा

काठमाडौँ, साउन २ । क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो पटक खेल्न लागेको एकदिवसीय खेलका लागि टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका हुन् ।

नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी २० सिरिज खेल्नेछ ।

शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।

लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =