सगरमाथा म्युजिक अवार्ड २०७५ हुँदै, साउन ३१ सम्म आवेदन खुल्ला
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौँ, साउन २ । सगरमाथा म्युजिक अवार्ड २०७५ असोजमा भब्य रुपमा हुने भएको छ । नेपाली श्रष्टा र सर्जकको सम्मानका लागि सो अवार्डको आयोजना गरिएको हो ।
रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ मा नेपाली कलाकर्मीहरुले सक्रिय रुपमा आफ्नो सहभागिता जनाइरहेको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
आवेदन फारम असार १ गतेबाट खुल्ला भएको र आगामी साउन ३१ गतेसम्म आवेदन फारम भरिसक्नु पर्ने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । अवार्ड आगामी असोजमा हुनेछ । जुरी र भोटको आधारमा अन्तिम निर्णय हुने आयोजक संस्था रेस्पोन्सिभ मिडियाले जनाएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको यस अवार्डको गरिमा र विश्वसनियामा कुनै कमि हुन नदिने आयोजक संस्थाले जनाएको छ । कला र सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट सञ्चालित रेस्पोन्सिभ मिडिया प्रालिले गर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।
सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)