चिकित्सा शिक्षा विधेयक अघि बढाएमा संसद नै चल्न नदिने काँग्रेसको निर्णय

काठमाडौँ, साउन २ । प्रमुख विपक्षी कांग्रेसले जुम्लामा आमरण अनसन बसेका डा. गोविन्द केसीको सम्बोधनका लागि सरकारलाई दबाब दिनुका साथै चिकित्सा शिक्षा विधेयक अघि बढाउन नदिने निर्णय गरेको छ ।

कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले डा.  केसीको मागलाई ध्यानमा राख्दै संसदमा चिकित्सा शिक्षाको विधेयक अघि बढाउन नदिने, यदि बढाएमा संसद नै चल्न नदिने निर्णय गरेको हो ।

साथै कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध जारी राख्नुका साथै डा. केसीको सम्बोधनका लागि सरकारलाई दबाव दिने निर्णय गरेको छ । डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने निर्णय हो ।

‘डा. केसीसँग सहमति भयो, चिकित्सा शिक्षा अध्यादेश र माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार विधेयक आयो भने संसद चल्छ, नभए चल्न दिँदैनौं’ शर्माले भने । संसदको बैठक भोलि बोलाइएको छ ।

कांग्रेसले हिजो एक विज्ञप्ति जारी गर्दै सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो । केन्द्र सरकार र प्रदेश सरकारहरुले अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको महामन्त्री डा. शशांक कोइरालाद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *