कर्णाली प्रदेशस: १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण

सु्खेत, साउन २ । गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन्।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक कार्यविधि विधेयक, २०७४, आव २०७४-०७५ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश आकस्मिक कोष विधेयक, २०७५ र कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ प्रमाणीकरण गरेका थिए ।

त्यसैगरी, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५, कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ र कर्णाली प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक, २०७५ सभाबाट पारित भई प्रमाणीकरण हुन बाँकी रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले जानकारी दिए।

त्यस्तै, सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएका विधेयक संख्या तीन, प्रदेश सभामा दर्ता भई टेबल भएका विधेयक संख्या चार र प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी विधेयक संख्या चार रहेको निमित्त सचिव शर्माले बताए ।

अागामी कर्णाली प्रदेशसभाको बैठक यही साउन ११ गते बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *