धरान: विद्यार्थी लक्षित निःशुल्क परामर्श तथा सेमिनार सम्पन्न

“
धरान, साउन २ । अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी इडेन एकेडेमी कन्सलटेन्सी धरानले एकदिने सेमिनार हिजाे सम्पन्न गरेकाे छ । सम्पन्न निःशुल्क परामर्श तथा सेमिनारमा २ सय बढि विद्यार्थीहरूकाे सहभागिता रहेकाे ईडेन एकेडेमीका प्रबन्ध निर्देशक मोहन तिगेलाले बताए ।
ईडेनले शैक्षिक गुणस्तर कायम गर्नका लागी विभिन्न कार्यक्रम गरिरहेको प्रबन्ध निर्देशक तिगेलाले जानकारी दिए । हिजाे गरिएकाे सेमिनारमा अष्ट्रेलियाको हारबोर कलेजको बारेमा विभिन्न जानकारी दिईएको थियो । अहिले अष्ट्रेलियामा बिजनेश, अकाउन्टीङ, म्यानेजमेन्ट, इन्फरमेशन टेक्नोलोजी, एज केयर र नर्सीङका लागी राम्रो संभावना भएकाले यस विषयमा धेरैले अप्लाई गर्ने गरेको तिगेलाले बताए ।
सेमीनारमा बिजनेश डेभलपमेन्ट म्यानेजर सुमन भेटवाल,स्कील सर्पोट म्यानेजर माईकल डाल्टन र साउथ एसीया मार्केटीङ म्यानेजर मुकेश भेटवालले प्रत्यक्ष विद्यार्थी अरुलाई अष्ट्रेलियामा शैक्षिक संस्थाको हुने खर्च,भिसा प्रक्रिया, अंग्रेजी भाषाको दक्षता,पिआर आदी विषयमा प्रतिनिधीहरुले जानकारी गराएका थिए ।
सन २००९ मा धरानमा प्रधान कार्यालयको स्थापना गरी हाल ईटहरी र विराटनगरमा समेत इडेनले थप शाखा विस्तार गरिसकेको छ । एकेडेमीले हाल जापान, युएसए, अष्ट्रेलिया साथै युरोपीयन देशहरुमा विद्यार्थीलाई अध्ययनका लागी पठाउने गरेका छन् । हाल १ हजार बढी विद्यार्थीहरुलाई एकेडेमीबाट वैदेशिक शिक्षाका लागी पठाईसकेको जनाएको छ ।
इडेन एकेडेमी कन्सलटेन्सीान अध्ययन गर्नै ९ जनाको अष्ट्रेलियाको भिषा यो साता लागेको छ । भिषा लाग्नेहरुमा धरानवाट यसोदा राजवंशी, तान्छोप्मा चेम्जोङ, विनिता नेम्वाङ, विक्रम वनेम, किसन श्रेष्ठ, मेलिना श्रेष्ठ, सव्वु राई र सनम राई छन् । त्यसैगरी मोरङको उर्लावारीवाट संगिता राणा छन् । उनिहरुले इडेन एकेडेमी कन्सल्टेसी आयइल्स कक्षा लिनुका साथै पढ्न जानका लागि आवेदन भरेका थिए ।
यसअघि आईडिपि अष्ट्रेलियाले आयोजना गरेको विश्वव्यापी आयइल्स मास्टर्स क्लास वेवीनार मा इडेन एकेडेमी कन्सल्टेन्सीले आफना विद्यार्थीहरुलाई सहभागि गराएको थियो । सहभागि विद्यार्थीहरुका अनुसार त्यस वेवीनारले उहाहरुलाई धेरै सहयोग तथा हौसला प्रदान गरेको छ । यसै विच इडेनले जिआरइ तथा स्याट कक्षा यसै महिना देखि सुरु गरेको छ । अमेरीकामा छात्रावृत्ति सहित पढनका लागि उक्त कोर्सहरु अत्याआवस्यक रहेकोले यो कक्षा अमेरिका पढन जानेहरुका लागि निकै प्रभावकारी सिद्ध हुने वताईएको छ ।
“








