पर्वत: पहिरोले घर पुरिएर एक जनाको मृत्यु, बेपत्ता चार सम्पर्कमा

पर्वत, साउन २ । अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पर्वतको जलजला गाउँपालिका –८, लस्तीमा एक जनाको मृत्यु भएकाे छ ।

मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिएर बमबहादुरका १६ वर्षीय छोरा विकास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोमा परि बेपत्ता भनिएका अन्य चार जनाले भने सोमबार बेलुका नै पहिरो आउँदैछ भनेर भागेको बताएका छन् । उनीहरु अहिले सम्पर्कमा आइसकेका छन् ।

पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले उद्धार कार्य जारी छ । स्थानीयबासीलगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ । पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन ।

त्यस्तै जलजला –८, धाइरिङ बास्कोटमा समेत स्थानीय भिमलाल आचार्यको घर पहिरोमा परि भत्किँदा ६ जना घाइते भएका छन् । स्थानीयहरुले घाइतेको उपचारका लागि लैजाँदै गरेको मिलन चोक प्रहरी चौकी इञ्चार्ज कृष्णबहादुर नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =