पर्वत: अविरल वर्षापछिकाे पहिरोले चार घर पुरिए, पाँचजना वेपत्ता 

काठमाडौं, साउन २ । अविरल वर्षाका कारण आएको पहिरोले पर्वतमा चार घर पुरिएका छन् । राती बर्षासँगै आएको पहिरोले घर पुरिंदा ५ जना बेपत्ता भएका छन् ।

पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ ।

उद्धार कार्य चलिरहेको छ । स्थानीय नागरिक,प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको हो । पहिरोकै कारण मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *