मेगा बैंकको १०० अाैँ शाखा थाङपाल गाउपालिकाको पाँचपोखरीमा

काठमाडौँ, श्रावण १ । मेगा बैंक नेपाल लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरी वडा नं ६ को टारमा नयाँ शाखा विस्तार गरेको छ ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरीमा नयाँ शाखा विस्तार गरेको हो ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने सिइओ अनुपमा खुञ्जेलीले बताइन् । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताइन् ।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०० वटा शाखा विस्तार गरेको हो भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ ।

मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् ।

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *