यसरी लगियो धरानका मेयर सुब्बाको शव काठमाडौंबाट उनको गृहनगर तर्फ( फोटोफिचर)

सुनसरी, साउन १ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत मेयर सुब्बाको मंगलबार दिउसो निधन भएको हो ।

केही समय अघि नै मृगौला प्रत्यारोपण गरेका सुब्बाको छातीमा निमोनियाको इन्फेक्सनका कारण निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।

गत वर्ष तत्कालिन नेकपा (एमाले)बाट सुब्बा २० हजार भन्दा बढी मत ल्याएर धरान उपमहानगरपालिकाको मेयर निर्वा्चित भएका थिए ।

मंगलबार हेलिकप्टरमार्फत सुब्बाको शवलाई काठमाडौँबाट उनको गृहनगर धरान लगिएकोे छ । उनको शवलाई वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको मर्चरीमा राखिएको छ ।

उनका श्रीमती र १ छोरा छन् । उनका आफन्तहरु विदेशमा भएकाले उनको शवलाई विहिबारसम्म अन्त्यष्टि गरिने उनको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *