चोरेका गहनासहित भक्तपुरका रिमाल पक्राउ

काठमाडौँ, साउन १ । महानगरी अपराध महाशाखाले काठमाडौँ उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेका विभिन्न मानिसहरुको खोजि गर्ने क्रममा एक जनालाई पक्राउ गरेको छ ।

गत जेठ १५ गते राति कुपण्डोल भगवति मार्गस्थित नविन बुढाथोकिको घरमा नगद तथा सुन चाँदीका गहना चोरी गर्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर चाँगुनारायण–७ का रिमालबाट ५ तोला सुनका गरगहना, १ थान चाँदिको दियो र ३ थान मोबाइल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीले बताए ।

उनलाई हिजो (सोमबार) पक्राउ गरी आवश्यक कारबाहीको लागी महानगरिय प्रहरी बृत्त ठिमि भक्तपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =