अस्ताए धरानका तारा, मेयर सुब्बाको निधनले धरान उपमहानगरपालिकालाई शोक

सुनसरी, साउन १ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत मेयर सुब्बाको मंगलबार दिउसो निधन भएको हो ।

केही समय अघि नै मृगौला प्रत्यारोपण गरेका सुब्बाको छातीमा निमोनियाको इन्फेक्सनका कारण निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।

गत वर्ष तत्कालिन नेकपा (एमाले)बाट सुब्बा २० हजार भन्दा बढी मत ल्याएर धरान उपमहानगरपालिकाको मेयर निर्वा्चित भएका थिए ।

तेह्रथुमको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए।

उनी तेह्र वर्षको उमेरमा अध्ययन गर्न झापाको गोलधाप झरेका थिए भने पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलनदेखि नै राजनीतिमा सकृय रहेका थिए ।

त्यसैगरी २०३७ सालमा उच्च शिक्षा अध्ययन गर्न धरान आइृ पुग्नुभएका सुब्बा त्यसपछि धरानका स्थायी बासिन्दा मात्र नभई कम्युनिष्ट राजनीतिमा सक्रिय हुदै २०७५ असार १४ गते मेयरमा निर्वा्चित भएका थिए ।

राजनितिकै क्रममा सुब्बा २०४० सालमै अनेरास्वयवियु धरान नगर कमिटी सदस्य समेत हुँदै २०४७ सालपछि भने युवा संघको राजनीतिमा सक्रिय रहि तत्कािलन प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सकृय भई संघको नगर कमिटि,जिल्ला कमिटि संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बनेका थिए ।

२०५१ सालमा नेकपा एमालेले स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाउदा सुब्बाले खेलकुद विकास समिति सुनसरीमा कार्यकारी सचिव पदमा नियुक्ती पाएका थिए भने २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्य जितेर जिविस सुनसरीमा इलाका नम्बर २ बाट सदस्य पनि चुनिएका थिए । पछिल्ला दिनहरुमा उनी आर्थिक वर्षका कारण निकै धपेडीमा रहेका थिए ।

सधैँ राजनितीमा सक्रिय सुब्बा धरानमा तारा झै चम्काईराख्ने सपना देखेपनि अन्तत: सुब्बाको धरान बनाउने सपना अधुँरै रहयो । मेयर तारा सुब्ब प्रति हार्दिक श्रद्धाञ्जली तथा उनको घरपरिवारमा धैैर्य धारण गर्ने क्षमता मिलोस यही छ कामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *