अनशनरत डाक्टर केसी पक्ष र सरकारबीच आजपनि वार्ता हुने

काठमाडौं, साउन १ । आन्दोलनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आजपनि वार्ता हुने भएको छ । हिजो साँझ भएको वार्तामा कुरा नमिलेपछि आज फेरि वार्ता हुन लागेको हो ।

सरकारले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न हिजो वार्ता टोली गठन गरेको हो । मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक–एक जना सहसचिव रहनुभएको छ ।

वार्ता टोलीले हिजो नै वार्ता थालिसकेको छ । केसीको माग पूरा गर्न भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभाको हिजोको बैठक अवरुद्ध गरेको थियो ।चिकित्सक संघले माग पूरा गराउन ४८ घण्टाको अल्टिमेटम  दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *