जिल्ला अदालत सिन्धुपाल्चोकमा ७४ प्रतिशत मुद्दा फछ्र्याैट 

सिन्धुपाल्चोक, साउन १ । जिल्ला अदालत सिन्धुपाल्चोकले २०७४/०७५ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । अदालतले न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यसम्पादनबारे जानकारी गराउँदै प्रगति विवरण सार्वजनिक  गरेकाे छ ।

आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा बढी प्रगति गर्न सफल भएको अदालतले दाबी गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको कुल ६ सय ५१ मध्ये चार सय ८१ मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ । ६ सय ४२ मुद्दाको लक्ष्य राखेको (अनुमानित) अदालतले चार सय १७अर्थात् ६५ प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्य भन्दा बढि (७४ प्रतिशत) मुद्दा फछर्याैट गर्न सफल भएको जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधिश दिपक खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्ला वर्षजस्तै आर्थिक वर्ष २०७४/०७५ मा अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।

आ.व. २०७४/०७५ मा सम्बन्ध विच्छेदका १ सय २१, जबरजस्ती करणी तथा करणी उद्योगका ३६, माना चामलका ११, घरेलु हिंसाका २ र मानव बेचविखनका २ घटना दर्ता भएका थिए । मुद्दाको प्रकृति हेर्दा बैदेशिक रोजगार प्रमुख कारण देखिएको खनालले बताउनुभयो ।

वैदेशीक रोजगारीका कारण अर्को विवाह गर्ने प्रवृत्ति बढ्दै गएकाले सम्बन्ध विच्छेदका घटना बढेको उहाँको भनाइ छ । अदालतका अनुसार अभियुक्तहरुबाट कैद भुक्तान हुन एक हजार ६ सय चार वर्ष बाँकी छ भने ४१ करोड ९९ लाख २८ हजार भन्दा बढी जरिवाना असुल हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *