जासुसी गरेको आरोपमा रुसी महिला पक्राउ

काठमाडौं, साउन १ । अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ पर्नु भएको छ । रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उहाँलार्ई दोषी मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डमा भएको वार्ताको केही समयपछि नै मारिया पक्राउ पर्नु भएको हो ।

अमेरिकी सन्चारमाध्यमहरुकाअनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहनु भएको थियो । मारिया पक्राउ परेको विषय अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको अनुसन्धानसँग संलग्न नरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *