आजदेखि ७७ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु

काठमाडौं, साउन १ । आजदेखि ७७ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने भएको छ । निर्वाचन आयोगले आजदेखि नयाँ मतदाता नामावली दर्ता अभियानमा सुरु गर्ने जानकारी दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलेअभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले स्थानीय तह र प्रदेश सभाका केही स्थानमा उपनिर्वाचन हुनसक्ने भएकाले यसअघि मतदाता नामावलीमा नाम नभएका नागरिकलाई नाम दर्ता गरेर मतदानमार्फत् सार्वभौमसत्ताको प्रयोग गर्न अनुरोध गर्नुभयो ।

गत वर्ष भएका निर्वाचनको पर्यवेक्षण प्रतिवेदनमा ९३ प्रतिशत मतदान केन्द्रमा अपाङ्गता भएका मतदाताले पर्याप्त गोपनीयताका साथ मतदान गर्न सक्षम भएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *