गृहमन्त्री थापा र चीनका सुरक्षा उपमन्त्री शि जुनबिच भेटवार्ता

काठमाडौं,असार ३२ । गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनबिच सोमबार भेटवार्ता भएको छ ।

भेटका क्रममा गृहमन्त्री थापाले सुरक्षा निकायको भौतिक संरचनामा चीनले दिँदै आएको सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै त्यसलाई निरन्तरताका लागि आग्रह गरेका थिए ।

गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

शिष्टाचार भेटमा उपमन्त्री जुनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिएका थिए ।

नेपालको भूमिबाट हुने चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उनले आग्रह गरे ।

उपमन्त्री जुनले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा समेत गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *