सुवर्णका स्वर्ण तस्विरः जसले हज्जारौं शब्द बोक्छन्

“
भनिन्छ हज्जारौं शब्दले बयान गर्न नसकेका कुरा एउटा तस्बिरले बोल्छ । यस्तै हज्जारौं शब्दलाई एउटै तस्बिरमार्फत उजागर गर्न सक्ने सामर्थ भएका व्यक्ति हुन् इटहरी निवासी फोटोग्राफर सुवर्णसमशेर विष्ट ।
चार दशक बढीको फोटोग्राफीमा उनले कहिल्लै फोटोग्राफीलाई व्यावसायिक बनाएनन् तर, उनले खिचेका जुनसुकै तस्बिर कुनै व्यावसायिक फोटोग्राफरले खिचेको भन्दा कम छैन ।
पञ्चायत कालदेखि नै फोटोग्राफीमा लागेका सुवर्ण समशेरले यो पेसाबाट कुनै घरबार जोड्न नसकेपनि लाखौं प्रशंसक जोड्न सफल भएका छन् । उनले खिचेका तस्बिर पूर्वका अधिकांश सञ्चारकर्मीले प्रयोग मात्र गर्दैनन्, हज्जारौं फ्यानहरु टाढाबाट उनकै हातबाट फोटो खिचाउन आउँछन् ।
उनी सबै किसिमका फोटो खिच्न पोख्त छन् । प्राकृतिक सुन्दरतालाई क्यामरामा कैद गर्न उनलाई कसैले सिकाउनु पर्दैन । उनका हरेक तस्बिरले हज्जारौं शब्दले बयान गर्न नसक्ने कुरा बयान गरेका हुन्छ । हेरौं उनका केही तस्बिर जसले उनको फोटोग्राफी कलामा प्राण भरेको छ ।
“








