जंगली जनावरबाट घाइतेलाई रु एक लाखभन्दा बढी सहयोग

बाजुरा, असार ३२ । भालुको आक्रमणमा परी घाइते भएकी बाजुरा बडीमालिका नगरपालिका–९ की कञ्चना उखेडालाई जिल्ला वन कार्यालय बाजुराले आज आर्थिक सहयोग गरेको छ ।

घर नजिकै रहेको वनमा घाँस काट्न गएका बेला गत मंसिर २५ गते भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

भालुको आक्रमणबाट घाइते भएका कारण उनलाई कानूनी प्रक्रियाअनुसार कार्यालयले रु एक लाख ९६ हजार ११२ चेकसहित हस्तान्तरण गरिएको जिल्ला वन कार्यालय बाजुराका वन अधिकृत दानबहादुर श्रेष्ठले जानकारी दिए ।

आक्रमणमा उखेडाको बायाँ आँखासमेत गुमेको छ, आफन्त मदन विकले भने, “उपचारमा अहिलेसम्म रु ६ लाख खर्च भएको छ ।” उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको विकले बताए ।

वन कार्यालयको उक्त सहयोगले उपचारमा थप राहत पुग्ने विश्वास आफन्तको छ ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *