दुई थान पेस्तोल र ५६ राउण्ड गोलीसहित ललितपुरबाट एकजना पक्राउ

“ललितपुर, असार ३२ । २ थान पेस्तोल र त्यसमा लाग्ने ५६ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले ललितपुरको नखिपोटबाट पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले रोशन लिम्बू नाम गरेका व्यक्तिलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीले आइतबार मात्र मेड इन जर्मनी लेखिएको एकथान पेस्तोल र ५ राउण्ड गोलीसहित सोही ठाउँबाट कृष्णबहादुर जोशी, ठाकुरराम मोक्तान र हेमराज पौडेललाई पक्राउ गरेको थियो ।

सोमबार पक्राउ परेका लिम्बू पनि सोही टोलीमा संलग्न रहेको पाइएको ललितपुर प्रहरीका प्रमुख एसएसपी गणेशबहादुर ऐरले जानकारी दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *