सेयर लगानीकर्ताले साउन १ गतेदेखि २५ प्रतिशत आकस्मिक लाभकर तिर्नुपर्ने

काठमाडौं,असार ३२ । सेयर लगानीकर्ताहरुले साउन १ गतेदेखि क्लोज आउट भएको पेनाल्टी रकममा आकस्मिक लाभकर तिर्नुपर्ने भएको छ।

लगानीकर्ताले क्लोज आउटमा प्राप्त गरेको आकस्मिक लाभमा २५ प्रतिशत (आकस्मिक लाभकर) तिर्नुपर्ने केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको हो।

धितोपत्र राफसाफ तथा फर्स्योट गर्दा धितोपत्र नपुगी लाग्ने क्लोज आउट भएको रकममा आयकर ऐन २०५८ को दफा ८८ (क) बमोजिम आकस्मिक लाभकर २५ प्रतिशत लाग्ने सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए।

हितग्राही खाता (डिम्याट एकाउन्ट)मा सेयर पर्याप्त नभई बिक्री गर्न आदेश दिएमा, बैंकमा रोक्का भएको सेयर बिक्रीका लागि आदेश दिएमा लगानीकर्ता क्लोज आउटमा पर्ने गर्छन्।

बिक्रेताले सेयर दिन नसकेमा क्लोज आउट वापत कारोबार रकमको २० प्रतिशत जरिवाना क्रेतालाई तिर्नुपर्ने प्रावधान छ। सरकारले यही जरिवाना वापत क्रेताले पाउने रकमको २५ प्रतिशत कर लिन लागेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *