उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो हुँदैन– ट्रम्प

हेल्सिन्की, असार ३२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताएका छन् ।

उनले भने– यो नेटो संगठन कहिल्यै बलियो पनि हुँदैन र एकीकृत संगठनको रुपमा पनि काम गर्न सक्दैन ।

सोमबार बिहानको खाजा खाने क्रममा फिनल्याण्डका राष्ट्रपति सउली निनिस्टोसँग भएको संक्षिप्त कुराकानीमा उनले सो धारणा राखेको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न राष्ट्रपति ट्रम्प सोमबार हेल्सिन्की पुगेका छन् । सोही क्रममा उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

उनीहरुबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् । युरोप भ्रमणबाटै पछ्याइरहेका मिडियाले यहाँ राष्ट्रपति ट्रम्पका हरेक क्रियाकलापहरुमा निकै चासो दिएका छन् ।

राष्ट्रपति ट्रम्पले हालैमात्र गरेको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उनी यहाँ आइपुगेका हुन् ।

यस उच्चस्तरीय वार्ताबाट हालैका दिनमा यी दुई देशबीच विकसित राजनीतिक असमझदारीहरुका बारेमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =