चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाडौँ, असार ३२ । चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

सोमबारको बैठक शुरु हुनासाथ काँग्रसले संसद अवरुद्ध गरेको हो । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् ।

जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे । उनले डा. केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *