सरकारले माफीयाको प्रभावमा परेर चिकित्सा शिक्षा विधेयकको मस्यौदा बनायो– चित्रबहादुर केसी

काठमाडौँ, असार ३२ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा काठमाडौँ देखि देशका विभिन्न जिल्लाहरुबाट जनताले समर्थन जनाइरहेका बेला राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पनि डा गोविन्द केसीको अनसनप्रति समर्थन जनाएका छन् ।

डा. केसीले गरिव जनताको पक्षमा आफुलाई समर्पण गरेको बताउदै नेता केसीले सरकार गरिबको भन्दा धनीको पक्षपोषक भएको आरोप लगाए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै उनले सरकारले व्यापारी र माफीयाको प्रभावमा परेर चिकित्सा शिक्षा विधेयकको मस्यौदा बनाएको आरोप लगाए ।

अध्यक्ष केसीले संघीयताले देशमा उल्टा परिवर्तन ल्याएको तर्क गरे । “नेपाली जनता वा राजनीतिक दलको चाहनाअनुसार संघीयता आएको होइन । शक्तिकेन्द्रहरुले लादे । अहिले घाँटीमा अड्किएको छ ।” केसीले भने ।

संघीयता कार्यान्वयन भए पनि देशको आर्थिक अवस्था कमजोर भएकाले सफल हुन नसक्ने केसीको ठोकुवा छ । “नेपालबाट निर्यात हुँदैन । आयात मात्रै हुन्छ । व्यापार घाटा बढेको बढ्य छ ।” केसीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *