भक्तपुर–कोटेश्वरः भोलीदेखि टाइम कार्ड लागु गरिने, ४० किमिमा गति सिमित
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार ३२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागु गर्ने भएको छ ।
भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि महाशाखाले भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म साउन १ गतेदेखि टाइम कार्ड लागु गर्ने भएको हो ।
टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाले १ गतेदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरी योजना बनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








