गायिका रमिला न्यौपानेको तीज गीत ‘भुरुरु उडेको पुतली’ सार्वजनिक (भिडियोसहित)

“
काठमाडौँ, असार ३२ । गायिका रमिला न्यौपानेले हिन्दु नारीको महान चार्ड हरितालिका तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् ।
चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लय शब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको हो । मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको हो ।
लोकप्रिय गायिका न्यौपानेका अधिकांश गीत श्रोता दर्शकले मन पराएका छन् । देश तथा विदेशमा हुने सांस्कृति कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।
प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।
भिडियो
https://youtu.be/GcH2CCZi0uA”








