पहाडी जिल्लामा बाढीको सम्भावना, सतर्क रहन मौसम विभागकाे अाग्रह

काठमाडाैं, असार ३२ । देशका पहाडी जिल्लामा बाढीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत हुन नागरिकलाई आग्रह गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो । विशेष गरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका केही पहाडी जिल्लाका साना नदीमा बाढीको सम्भावना रहेको छ ।

कन्काई, कोशी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीमा बहावले सतर्कता पार गर्ने सम्भावना न्यून रहेको पनि बाढी पूर्वानुमान शाखाले जनाएको छ । आज कन्काई, कोशी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै नदी जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।

भोली पनि कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई लगायतमा बहाव सामान्य बढ्ने र कर्णाली तथा महाकाली जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *