प्युठान: जीप दुर्घटनामा एकको मृत्यु

प्युठान, असार ३२ । प्युठानकाे गौमुखी  गाउँपालिका ७ नारिकोटमा  आइतवार साझ  जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बाग्दुलाबाट नारिकोट तर्फ जाँदै गरेको लु १ ज  १७४३  नम्बरको जीप दुर्घटना हुँदा गौमुखी–५ कि  ५५ वर्षीय कन्यादेवी थापा मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक एव प्रहरी प्रवक्ता देवि प्रसाद पौडेलका अनुसार उनको नारिकोट स्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी गौमुखी ५ बस्ने २२ बर्षिया संझना थापा मगर र २ बर्षिया पृयकाँ थापा मगर घाईते भएको प्रहरीले बताएको हो । अन्य ५ जना सामान्य घाईते स्थानिय स्वास्थ्य चौकिमा उपचार पछि घर फर्किएका छन् ।

जिपमा ८ जना यात्रु सवार थिए। रोकिराखेको जीप एक्कासी व्याक भएपछि दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *