युरोपेली संघको आग्रह अमेरिकाद्वारा अस्वीकार

काठमाडौं, असार ३२ । युरोपेली संघको आग्रहलाई अमेरिकाले अस्विकार गरेको छ । इरानविरुद्ध लगाईएको नयाँ प्रतिबन्धबाट आफ्ना कम्पनीहरूलाई छुटकारा दिन युरोपेली संघको उच्चस्तरीय टोलीले गरेको अनुरोधलाई अमेरिकाले अस्वीकार गरिदिएको हो ।

युरोपेली समकक्षीहरूलाई पत्र लेख्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र अर्थमन्त्री स्टिभ मनुसिनले यसअघि कहिल्यै नभएको आर्थिक दबाब इरानलाई अमेरिकाले दिन चाहेको बताउनु भएको छ ।

एनबीसी समाचारका अनुसार अर्थमन्त्री मनुसिनले समेत हस्ताक्षर गरेको उक्त पत्रमा इरानी शासनलाई अहिलेसम्म कहिल्यै नपरेको आर्थिक दबाब दिन चाहान्छौ भनि उल्लेख गरिएको छ ।

उक्त पत्रमा प्रतिवन्ध छुटकाराले अमेरिकी राष्ट्रिय सुरक्षालाई फाइदा पु¥याउने भए मात्रै त्यस्तो निर्णय गरिने समेत बताइएको अन्तराष्ट्रिय समाचार संस्थानहरुले जनाएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =