वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको उपचारका क्रममा निधन

काठमाडाैं, असार ३२ । वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको निधन भएको छ । उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आइतबार बेलुकी उहाँको निधन भएको हो ।

सोमबार बिहान ९ बजे अस्पतालबाट शव यात्रा गरी पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उहाँले २०११ सालमा अम्बर गुरुङसँग विवाह गर्नुभएको थियो ।

संगीतकार अम्बर गुरुङको २०७३ साल जेठ २५ गते निधन भएको थियो  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *