सीडीओका पत्नी स्वकीय, ‘अधिकारको दुरपयोग’
२०७४ जेठ १५ गते

“
धनुषा, असार ३२ । धनुषाका प्रमुख जिल्ला अधिकारी सीडीओ गोपालप्रसाद पराजुलीले कार्यभार सम्हालेको झण्डै तीन महिना भयो। उनका स्कीय सचिवका रूपमा निजामतीका शिवचरणले काम गर्दै आएका छन्।
तर सीडीओ पराजुलीले स्कीय सचिवका रूपमा पत्नी सुष्मालाई नियुक्त गरेको पाइएको छ। रौतहटका सीडीओ गोविन्दप्रसाद रिजालसँग पनि एक सरकारी कर्मचारी स्वकीय सचिवका रूपमा कार्यरत छन्। तर रिजालले करारतर्फ स्वकीय सचिवका रूपमा भाइ वासुदेवलाई नियुक्ति दिलाएका छन्।
यता सप्तरीका सीडीओ सुरेन्द्र पौडेलले स्वकीय पदमा ‘उचित मान्छे’ राखिएको बताए पनि नाम खुलाएनन्। सिरहा, सर्लाही, बार, पर्सासहित अन्य जिल्लाका सीडीओको अवस्था पनि उस्तै छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








