अाज साेमबार, यस्ताे छ तपाइकाे राशिफल

काठमाडाैं, असार ३२ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शिक्षामा गरिएको लगानिबाट भनेजस्तो आम्दानि नहुँने तथा बिद्यार्थि वर्गले चाहेजस्तो सफलता हात लगाउँन निकैनै मेहनेत गर्नु पर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिच एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुँनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समाजसेवामा समय व्यातित हुँनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।  माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शाहशिलो काम गर्ने जोस जागर आउँने छ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । पढाई लेखाईमा परिणाममुखि उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिन जुनसुकै व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पन्निबिच मायाको गाठो कसिलो भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुँनेछ । पढाई लेखाईमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुँनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानि गर्दा पछिसम्म आम्दानि भैरहनेछ । पढाई लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईले गरेको काम समयमा सम्पन्न हुँने हुँदा चर्चा चुलिनेछ । बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुँनेछन् । आफ्नो क्षमता प्रयोग गरि वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) अन्तराष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बडेपनि मन खुसि रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँनेछ । बिशेष गरि हाईड्रो पावर,पानि तथा औषधि सँग सम्बन्धित ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचेअनुरुपनै प्रगति हुँनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुँनेछन् । सवारि साधन प्राप्त हुँने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण झन कसिलो भएर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिष्पर्धिहरु परास्त हुँनेछन् भने नयाँ काम पाउँने तथा नोकरिमा बुढुवा हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ पछि सम्म आम्दानि भईरहने व्यावसायमा लगानि गरि रोजगारिको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा बिजय हुँने योग रहेकोछ भने अन्य साथिहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनितिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुँनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा हुँनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउँन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुँनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भ्रष्टचार सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सांगठनिक टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुँने योग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ । नोकरिका सुगम स्थानमा स्थानान्तरण हुँनेछ भने भनेजस्तो काम पाईने हुँदा मनग्गे धन कमाउँन सकिनेछ । जीवनसाथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुँने हुँदा मन प्रशन्न रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि गरि आर्थिक स्थिति उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि फेला पार्न सकिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *