इंग्ल्याण्डका ह्यारी केनले जिते गोल्डेन बुट, एम्बापे भए युवा प्लेयर अफ दि इयर

इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । रुसमा सम्पन्न विश्वकप फुटबलमा ६ गोल गर्दै केनले गोल्डेन बुट जितेका हुन् ।

उनको प्रतिस्पर्धामा रहेका पाँच खेलाडीले चार गोल मात्रै गर्न सके । बेल्जियमका लुकाकु, फ्रान्सका एम्बापे र ग्रिजम्यान, रुसको डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनोल्डोले समान चार गोल गरे ।

ह्यारी केनको टिम भने यो विश्वकपमा चौथो भएको छ । सेमिफाइनलमा क्रोयसियासँग पराजित भएको इंग्ल्याण्ड तेश्रो स्थानको लागि भएको खेलमा पनि बेल्जियमसँग २–० ले पराजित भयो ।

 

क्रोएसियाका कप्तान लुका मोड्रिच विश्वकप फुटबल २०१८ को सर्बोत्कृष्ट खेलाडी भएका छन्।

उनले गोल्डेन बल जितेका छन्। यसैगरी फ्रान्सका केलिइन एमबाप्पे बेस्ट यङ प्लेयर घोषित भए। एमबाप्पेले चार गोल गरेका थिए। मोड्रिचले दुई गोल गरे भने एक गोलमा एसिस्ट गरेका थिए।

सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट इङ्ल्यान्डका कप्तान हेरि केनलाई प्रदान गरियो। केनले प्रतियोगितामा ६ गोल गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *