काभ्रे घटना रहस्यमय बन्दै

२०७४ जेठ १५ गते

“
काभ्रे, साउन ९ । शुक्रबार राति आफ्नै होटलभित्र परिवार नै मृत अवस्थामा फेला परेको दाहाल परिवारको मृत्युको कारण रहस्यमय बन्दै गएको छ ।
शिक्षण अस्पतालमा परीक्षणका लागि राखिएका शव अझै परीक्षण हुन सकेका छैनन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
दुई श्रीमती रहेका मृतकमध्येका छोरा राजाराम दाहालको कान्छी श्रीमती पुजा दाहालले ८ महिना अघि २०७३ मंसिर १२ गते नै सम्बन्ध विच्छेद गरेको रहस्य खुलेको छ ।
सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको चार दिनमै पुजाले राजारामसँग छोरा पुजन श्रीमानसँगै रहने गरी मिलापत्रसहितको सम्बन्ध विच्छेद गरिन तर उनी पहिलाकै हैसियतमा श्रीमानसँगगै बसिरहिन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित