विश्वकप फाइनल भिडन्त : फ्रान्स भर्सेस क्रोएसिया, के क्रोएसिया च्याम्पियन बन्ला ?

एजेन्सी – २०१८ फिफा विश्वकपमा अब दुई राष्ट्र मात्र बाँकी छन्, क्रोएसिया र फ्रान्स। ३० टिमको यात्रा सकिएको छ। ६३ खेलको नतिजा आइसकेका छन्।

६४औं खेलमा क्रोएसिया र फ्रान्स उपाधिका लागि भिड्दैछन्। फ्रान्स १९९८ पछि उपाधि जित्न चाहान्छ। सन् १९९८ मै सेमिफाइनलमा रोकिएको क्रोएसिया नयाँ च्याम्पियन बन्ने योजनामा छ। सन् १९९८ मा क्रोएसियाको फाइनल पुग्ने अभियानमा फ्रान्स बाधक बनेको थियो। फेरि फ्रान्स नै क्रोएसियाको उपाधि जित्ने महत्वाकांक्षामा तगारो बनेको छ।

नयाँ इतिहास कोर्नका लागि पूर्व विजेता फ्रान्स र पहिलो पटक फाइनल पुग्न सफल क्रोएसिया भिड्ने छन् । खेल नेपाली समय अनुसार आज साँझ ८ः४५ (पौने ९) बजे हुने छ । विश्वकप सुरु भएको बेला तथा त्योभन्दा पहिलो क्रोएसियाले यहाँसम्मको यात्रा गर्ला भन्ने कमैले सोचेका थिए । तर उसले उपाधिका दाबेदार मानिएका ब्राजिल, अर्जे्न्टिनालगायत बलिया टिमलाई हराउँदै फाइनलको यात्रा तय गर्यो ।

अहिले क्रोएसियाका समर्थक ह्वात्तै बढेका छन् भने उसले नै यो पटकको उपाधि जित्छ भने आंकलन पनि गरिरहेका छन् । यदि क्रोएसियाले विश्वकप जित्न सक्छ भने कारण केत ? हो त्यहि कारण पनि सार्वजनिक भएका छन् । फिफा डट कमका लागि क्रोएसियाका टिम पत्रकारले क्रोएसिया उपाधि जित्न सक्ने कारण प्रस्तुत गरेका छन्

१. एक चामत्कारिक सामूहिकता र उच्च प्रेरणा
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले केही उत्कृष्ट काम गरेका छन् । टिमको वातावरण अहिलेजस्तो राम्रो कहिले थिएन, यो खेलाडीले बारम्बार भन्ने गरेको कुरा हो । यो विश्वकपमा उनीहरुले टिममा साँच्चै परिवारको वातावरण पाएका छन् र महसुश गरेका छन् ।

उनीहरु ५२ दिनदेखि साथमा छन् । खेलाडी एकअर्काका लागि मर्न पनि तयार रहेको देखिन्छन्, मैदानमा उनीहरुले देखाएको प्रयास हेर्दा । लगातार तीन खेलमा अतिरिक्त समयसम्म खेल्दा पनि उनीहरुले सामूहिक रुपमा उपल्लोस्तरको जित निकाल्न लालायित देखिन्छन् ।

२. मनोवैज्ञानिक सबलता र आचरण
डेनमार्क, रुस अनि इंग्ल्याण्ड यी तीन देश हुन्, जसले सुरुमा अग्रता लिएर पनि हार बेहोरे । यी तीनै देशसँग सुरुमा पछि परेर पनि जित निकाल्ने टिम हो, क्रोएसिया । डेनमार्क र रुससँगको खेलमा उसले पेनाल्टी सुटआउटमा जित्यो ।इंग्ल्याण्डसँगको खेलमा भने अतिरिक्त समयको गोलले जित निकाल्न सफल भयो । क्रोएसिया ‘कमव्याक किङ्ग’ को रुपमा उदायो ।

यसमा खेलाडीको देखाएको मनोवैज्ञानिक तथा शारीरिक सबलताको भूमिका महत्वपूर्ण छ । कप्तान लुका मोड्रिकले बारम्बार भन्ने गरेका छन्, ‘हामीले हाम्रो आचरण प्रस्तुत गरेका छौँ ।’ क्रोएसियाको यहि असल आचरण फ्रान्ससँगको फाइनलमा उनीहरुको बलियो हतियार बन्ने देखिन्छ । विश्वकपको इतिहासमा हरेक विश्व विजेता टिमको आचरण उच्च रहेको छ ।

३. अनुभव र आत्मविश्वास
मोड्रिक क्रोएसियाको यो स्वप्न पुस्ताका नेतृत्वकर्ता हुन् । रियल मड्रिडका यी स्टार खेलाडी बाहरे डालिकको टिममा अरु पनि स्टार खेलाडी छन्, जसमा बार्सिलोना, इन्टर मिलान, युभेन्टस र लिभरपुलका खेलाडीहरु इभान रेकिटिक, मारियो मान्जुकी, इभान पेरिसिक, मातेओ कोभाकिक र डिजेन लोभ्रेन पर्छन् ।

टिममा रहेका खेलाडीको औसत आयु २७ वर्ष १० महिना हुन आउँछ, यो टिमसँग धेरै अनुभव छ र त्यो भन्दा ठूलो कुरा आत्मविश्वास छ । टिमका सबैले प्लेइङ्ग लाभेनमा स्थान बनाएका छन् । टिमका सबै खेलाडी आफ्नो क्षमताबारे जानकार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =