३८ क्वीन्टल सुन तस्करी प्रकरणः युएईमा समातिए गोरेका भाइ रमेश उप्रेती

काठमाडौँ असार ३१ । जेरीझैँ जेलिएको सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (युएइ) बाट पक्राउ परेका छन् ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीसहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध जुन १८ मा रेड नोटिस जारी गरेको थियो ।

यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेती लगायतका समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।

केही दिन अघि पक्राउ परेका उप्रेतीलाई नेपाल ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *