“बलिउड नायिका पुनम पाण्डेको कार्यक्रम धरापमा ! प्रहरी भन्छन्, “”कार्यक्रम बन्द गर्छौँ”””

काठमाडौँ, असार ३१ । दरबारमार्गस्थित क्लव डेजाभुमा आइतबार साँझ (आज) गर्ने भनिएको भारतीय कलाकार पुनम पाण्डेको कार्यक्रम अझै निश्चित हुन सकेको छैन ।

डेजाभुमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भनिएको कार्यक्रम क्लब सञ्चालकले कहीँ कुनै प्रशासनबाट अनुमति नलिएकोले अनिश्चित भएको हो ।

दरबारमार्ग प्रहरी वृत्तका डिएसपी दान बहादुर मल्लले कुनै अनुमति नलिइकन कार्यक्रम गर्न लागेकोले शान्ति सुरक्षा व्यवस्थामा खलल पुग्ने ठानेर रोक लगाइएको बताए ।

उनले मकालु खबरसँगको फोन सम्वादमा भने, ‘सिडियो कार्यालयबाट शान्ति सुरक्षा व्यवस्था गर्न भनेर पत्र आएको छैन, पत्र नआएपछि हामीले शान्ति सुरक्षा दिने काम पनि भएन । यो कार्यक्रमले शान्ति सुरक्षामा खलल पुग्ने ठानेको छु ।’

भारतीय मोडल पाण्डे रशियामा जारी विश्वकप फुटबलको अवसरमा आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा विशेष प्रस्तुती राख्ने कार्यक्रमका लागि  शुक्रबार साँझ काठमाडौँ आइपुगेकी थिइन् ।

शनिबार (हिजो) बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डेले फ्यानहरुकाबीचमा रहेर रशियामा जारी विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिएका थिए ।

उनले रिपोटर्स क्लबमा स्वीकृति लिएर नै कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै ढाँटेको डिएसपी मल्लले दावी गरेका छन् । मल्लले अनुमति नलिइ कार्यक्रम गरेमा बन्द गरिने चेतावनी समेत दिएका छन् ।

२०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भनेर चर्चा कमाएकी पाण्डेले रिपोर्टर्स क्लबको कार्यक्रममा यसपालिको विश्वकप फुटबलमा क्रोशियाले जितेको खण्डमा म के गर्छु त्यसको बारेमा जान्नको लागि भोली राती डेजाभुमा आउनु होला, म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होलानी भनेकी थिइन् ।

डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडल पुनम पाण्डेलाई पैसा तिरेर नेपाल नल्याएको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *