वर्षात्को समयमा कपालको स्याहार कसरी गर्ने ?

“
काठमाडौँ, असार ३१ । वर्षातको समयमा हामी कुनै काम विशेषले बाहिर गयौं र भिज्यौं भने हाम्रो कपाल चिपचिप हुने गर्दछ । साथै वर्षाको समयमा हाम्रो कपाल कमजोर समेत भइरहेको हुन्छ । कपाल बढी प्रदूषित यो मौसममा हुने हुँदा हामीले भिजेको केही समयमा नै स्याम्पूले कपाल नुहाइहाल्नुपर्छ ।
यदि तपाईं कपालमा कलरको प्रयोग गर्नुहुन्छ भने त्यसले कपालको रंग र टेक्सचर दुवैलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले त्यसमा पनि धेरै सोचेर मात्र कलरको प्रयोग गर्नुपर्ने हुन्छ ।
प्रदूषणका कारण कपालमा मिनरल्स जम्मा हुने गर्दछ । त्यस्तै पसिनाले पनि कतिपयको टाउकोमा विभिन्न खालका समस्याहरु समस्याहरु आइरहने गर्दछ । जुन प्रदूषणका कारण हुने गर्दछ । त्यसैले हरेक मौसममा प्रत्येक २/२ दिनमा राम्रो गुणस्तरको स्याम्पूले कपाललाई धुनुपर्छ ।
मेथीको धुलो र निमको पातको लेपमा प्याजको रम मिसाएर कपालमा प्रयोग गरिसकेपछि स्याम्पूको प्रयोग गर्नाले चायाबाट राहत मिल्ने गर्दछ । शिरको छालालाई इन्फेक्सन र चायाबाट जोगिन काइँयो, रुमाल र तकियालाई अलग राख्नुपर्छ । साथै तिनीहरुको सफाइमा समेत ध्यान दिनुपर्छ ।
कपाल सफा गर्दा यी तिन कुरामा ध्यान दिइ राम्रो खालको एन्टिसेफ्टिक घोलमा आधा घण्टा डुबाएर राखेपछि घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ । कपाललाई घाम तथा प्रदूषणबाट जोगाउन घरबाहिर निस्कँदा छाता ओढेर मात्र निस्कनुपर्छ ।
एजेन्सी
“








